पलको निर्देशनमा यस्तो बन्यो म्युजिक भिडियो

गायक युवराज चौलागाईंले आफ्नो लोकप्रिय गीत ‘तिम्रो माया पाउनलाई’ लिरिकल भिडियो सार्वजनिक गरेका छन् । केहि बर्ष अगाडी नै ‘तिम्रो माया पाउन’ गीतको भिडियो सार्वजनिक भइसकेको भएता पनि दर्शक–श्रोताहरुले अत्यधिक रुचाएकाले श्रोताकै माग अनुसार गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो ।

चन्द्र ज्योती आलेद्वारा रचना गरिएको उक्त गीतलाई राजकुमार बगरले संगीतबद्ध गरेका हुन् । राजन इशान उक्त गीतका संगीत संयोजक हुन् । लिरिकल भिडियोमा अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मासहित गायक चौलागाईंको पनि फोटो प्ले गरिएको छ । भिडियोलाई अभिनेता पल शाहले नै निर्देशन गरेका थिए ।