ज्यानलिनको जन्मदिनमा ‘ किक २’ को घोषणा , सलमानसँग बाँधियो जोडी

बलिउडकी लोकप्रिय अभिनेत्री ज्याकलिन फर्नान्डेजले एघार अगस्टमा आफ्नो जन्मदिन मनाएकी छन् । उनको जन्मदिनको अवसर पारेर निर्माता तथा निर्देशक साजिद नाडियाडवालाले नयाँ फिल्मको घोषणा गरेका छन् । ज्याकलिनको जन्म दिनमा साजिदले फिल्म‘किक २’ बनाउने घोषणा गरेका छन् ।

उनले घोषणा गरेको फिल्ममा ज्याकलिन र अभिनेता सलमान खानको मुख्य भूमिका रहनेछ । दर्शकले निकै मन पराइएको जोडी सलमान र ज्याकलिनलाई फिल्म ‘किक२’ मा पुन खेलाउन पाउँदा निर्देशक साजिद दंग देखिएका छन् । यस अगाडी ‘किक’मा दर्शकले मन पराएका कारण सिक्वेलमा यहि जोडीलाई फाइनल गरेको साजिदले जानकारी गराए ।

फिल्मको कथाबस्तु फाइनल भैसकेको छ भने साजिदकी श्रीमतीले ज्याकलिनलाई जन्मदिनमा फिल्म नै गिफ्ट दिएको भनेर हँसाएकी छन् । हुन् । एक दर्जन कलाकार उपस्थित भएका बर्डे पाटीमा धेरै जसो फिल्मका बारेमा चर्चा चलेको थियो । भारतमा लकडाउनभएसँगै ज्याकलिन र सलमानको एकसाथ बस्दै आएका थिए ।

उनीहरु एकसाथ बसेको खबर सलमानको फार्म हाउसमा दुवैजना रमाइरहेको तस्विर सार्वजनिक भएको थियो । झन्डै लकडाउन अवधिभर सलमानखनको फार्महाउसमा रहेकी ज्यानलिन सानो मनमुटावका कारण बाहिर निस्केको हल्ला बजारमा आएको थियो । यसका कारण पनि उनीहरुको जोडीका साथ फिल्म बनाउन लागेको भारतिय सञ्चार माध्यले बताएका छन् । फिल्म ‘किक२’ को छायाँङ्कन कोरोना महामारीको त्रास कम भएपछि गरिने छ ।