फिल्म ‘सडक २’को ट्रेलरलाई सर्वाधिक डिसलाईक,देखियो नाताबादको असर

विशाल फिल्मको ब्यानरमा बनेको फिल्म ‘सडक २’ ट्रेलरलाई दर्शकले मन पराएनन् । सार्वजनिक भएको फिल्मको ट्रेलरलाई ८.१ मिलियन भन्दा बढीले डिस्लाइक गरेका छन् । ३ करोड ६५ लाखभन्दा बढी हेरिएको ट्रेलरलाई हालसम्म ४४० के ले मात्रै लाइक गरेका छन् । सर्वाधिक डिसलाइक पाएको फिल्म यो पहिलो पटक हो ।

विशाल फिल्मको ब्यानरमा बनेको चलचित्रलाई मुकेश भट्टले निर्देशन गरेका छन् भने यसको निर्मातामा महेश भट्ट र मुकेश भट्ट रहेका छन् । मुकेश भट्टले २० वर्षपछि यो चलचित्रमार्फत् निर्देशनमा कमब्याक भएका थिए । आलियाले नाताबादको कुरा गरेकी थिइन । उनले यसको चर्को बहस गरेकी जस कारण पनि उनको विरोध स्वरुप डिसलाईक बढि आएको हुनसक्ने फिल्मकर्मीको अनुमान रहेको छ ।

आलिया भट्ट,सञ्जय दत्त,पुजा भट्ट,आदित्य रोय कपुर,जिस्सु सेन गुप्ता लगायतका कलाकारले अभिनय गरेका छन्। ट्रेलरका अनुसार चलचित्र प्रेम र एक्सनसँग सम्बन्धित देखिन्छ । ‘सडक २’ सन् १९९१ मा आएको ‘सडक’ चलचित्रको सिक्वेल हो।