घरमा नआउन माग्ने बुढाको अपिल

कोरोनाको महामारी भुसको आगो सरि फैलन थालेपछि सबै सतर्क रहन थालेका छन् । केहि सिरियलले सुटिङलाई पनि स्थगित गर्दै होम क्वारेन्टाइनमा बसेका छन् ।

होम क्वारेन्टनमा बसेका हास्य अभिनेता केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ ले कसैलाई पनि आफ्नो घरमा नआउन आग्रह गरेका छन् । उनले बिहीवार फेसबुकमार्फत आफ्नो भनाई लेख्दै घरमा नआउन आग्रह गरेका छन् । उनले जोमिख बढ्दै गइरहेको अवस्थामा घरमा कोही नआइदिन आग्रह गरेका हुन् ।

उनी लेख्छन्, ‘कृपया मेरो घरतिर नआउनुहोला । भेट्न परे मै त्यता आउँला । कोभिड १९ ।’ त्यस्तै अहिले निकै कलाकारहरु घरमा नै बसेर टिभी हेर्दै समय विताइरहेका छन्