पूजालाई भिडियोको लोभ


काम नगरेको ६ महिना हुन आट्यो । फिल्मको काम सुरु कहिलेबाट होला, खै खै । काम सुरु हुने छाटकाट फिल्मको छैन । कोभिडले फिल्मको एक बर्ष खत्तम बनायो । काम नगरेपछि जती नै कमाएका कलाकार भएनी समस्या परिहाल्छ ।

पल शाहले त भिडियोबाट कमाएको कुरा कती गर्नु । अभिनेत्री पूजा शर्मालाई हेर्दा पनि भयो । पूजाले पनि भिडियो खेलेको खेलै छिन् । पल शाहसँग उनले एउटा भिडियो खेलिन् । आकाश श्रेष्ठसँगको भिडियो पनि सुट भयो ।
पूजाले लोकगीतको भिडियो पनि खेलेकी छिन् । उनले ४–५ वटा भिडियो खेलेकी छिन्, अब लगातार रिलिज हुनेछ ।

भिडियोको लोभमा पूजा पनि परेकी छिन् । लकडाउनको बेलामा घर बनाइरहेकी छिन्, भिडियोबाट पनि कमाई राम्रै हुने । दर्शकले मलाई हेर्न चाहेका छन् अनी के गर्नु भनिदिए भैहाल्यो । अरुलाई गाली मात्र गरेर के गर्नु । आफ्नो पालो आएपछि सबै मौन ।