दर्शकले आफ्नो भन्न नसकेको फिल्म क्षेत्र

कलाकारलाई फेसबुकमा अनावश्यक गाली आउन थाल्यो । दर्शकले कलाकारको व्यवहारमा टिप्पणी गर्न थाले । कलाकारले जे पनि बोलिदिएपछि दर्शकले बोल्ने भए । यसैत नेपाली फिल्मलाई दर्शकले पत्याउदैनन् । एक बर्षमा बनेका सय वटा फिल्ममा ३ वटा फिल्मले व्यापार गर्नुको कारण यही हो ।

दर्शकले फिल्म पत्याउन कलाकारलाई पत्याउन पर्छ । कलाकारको अवस्था के हुँदै गएको छ, फेसबुक हेर्दा हुन्छ । लकडाउनको समयमा मानिसहरु दुख गर्दै घर पुगे । बाटोमा दुख पाए । काठमाण्डौमा भोक्कै बसे । तर, यतिबेला आफ्ना दर्शकलाई नेपाली फिल्मले आफू छौ भनेर भनेको पाइएन ।

कुनै एक जना कलाकार निस्किएनन्, जसले दर्शकको घाउमा थोरै भएनी पट्टी लगाइदिउन् । बरु, फिल्मवालाले दर्शकलाई फेक बनाए । आफूलाई गाली आउँदा फेक आइडीबाट प्रतिक्रिया आएको भनेर उर्लिए । ती दर्शक नै हुन्, जो तीनै फिल्मवालाको फिल्म चल्ने बेलामा भगवान् हुन्छन् । दर्शकलाई फिल्म चल्दा मात्र स्वार्थले भगवान भन्ने तर उनीहरु दुखमा पर्दा मल्हम लगाउने काम फिल्म क्षेत्रले गरेन । यसैले फिल्म क्षेत्र दर्शकको कहिले भएन ।

फिल्मका लागि काम गर्ने भनिएका विभिन्न संघसंस्थाले बरु दर्शकलाई धम्की दिएका थिए । गाली गर्न बन्द गरेनौ भने परराष्ट्र मन्त्रालयमार्फत विदेशमा बसेनी हामी छाड्नेवाला छैनौ भनेर गाली गरे, धम्की दिए । नेपालमा बस्ने दर्शकलाई प्रहरी लगाएर पक्राउ गर्ने धम्की दिए । फिल्म चल्दा भगवान् भएका दर्शक फिल्मवालाको लागि अरु बेलामा अपराधी भए । कलाकारले आफ्नो सामान्य ज्ञान पनि जानेनन् । राष्ट्रियताको बिषय वुझेनन् ।

फेसबुकमा खोक्रो भाषण त गरे, व्यवहारमा लागू गरेनन् । यही भएर हो, कलाकारलाई दुख्दा दर्शकलाई दुखेन । उनीहरुले नाटक गरेको भनेर उडाइदिएका छन् । राजेश हमालको पालामा २ प्रतिशतमा सिमित नेपाली फिल्मका दर्शक अहिले पनि उत्ती नै हुन्, बढेनन् । बढाउन काम कसले गर्यो ? दर्शकलाई हामी छौ भनेर कसले अनुभुती गरायो ।

नेपाली फिल्म दर्शकको कहिले भएन । न त कलाकार नै भए । फेसुबक र इन्स्टाको लाइक देखेर कुर्लिनु भन्दा दर्शकलाई आफ्नो बनाउन सिक्दा राम्रो हुन्छ ।