सोनुका फ्यानले खोपे सोनुको मुहार र नामको टाटु

महामारीको समयमा ‘रील लाइफ हिरो’को हिरो बनेका बलिउड अभिनेता सोनु सुदको अहिले पनि चर्चा कम छैन । लकडाउनको अवधिमा हरेकलाई सहयोग गरेर यिरयल लाइफमा नै हिरो बनेका सोनुको अहिले नयाँ कुराले थप चर्चा पाइरहेको छ । सोनुको एक फ्यानले आफ्नो नामको टाटु खोपे पछि झन् उनको चर्चा भएको हो ।

लकडाउन प्रभावितहरूका लागि आर्थिक एवं भावनात्मक सहयोग जुटाएर हरेकलाई सहयोग गरेको र रियल हिरो भन्दै एक जना शुभचिन्तकले सुदको नाम र तस्विरको ट्याटू नै खोपे । शुभम नाम गरेका ति व्यक्तिले आफ्नो पाखुरामा सोनु सुदको मुहार बनाएका छन् ।
मानव मंगाली इन्स्टा एकाउन्टबाट सार्वजनिक भएको भिडियोमा सोनु र शुभम नाम गरेको ब्यत्तिबीच भलाकुसारी भएको छ ।

जसमा सोनुले आफू रियालिटी सो ’इन्डियाज बेस्ट डान्सर’को सेटमा निकै खुशी भएको बताउँदै शुभमलाई नयाँ साथीका रुपमा चिनाएका छन् । सोनुले भने ,‘महामारीको समयमै हो शुभमलाई चिनेको हो । शुभमले आफूलाई ट्याटू खोपेर दिएको ’सर्पाइज’ले निकै खुशी बनाएको छ ।’ त्यस कार्यक्रममा सोनुले आफ्नो मुहार र नाम सहितको टाटु देखाएका थिए ।

उनले यसै कार्यक्रम मार्फत आफ्ना दर्शक एवं शुभचिन्तकलाई त्यसरी माया नदर्शाउन आग्रह गरेका छन् । उनले भने,‘शुभम फेरि यस्तो कहिल्यै नगर्नु। तपाईंहरू कोही पनि यस्तो नगर्नु। मलाई थाहा छ यहाँहरू मलाई निकै माया गर्नुहुन्छ । ’