गायिका बनिन् नीता ढुङ्गाना

नेपाली फिल्मका अभिनेत्रीहरु गायिका बन्ने क्रम जारी छ । केहि दिन अगाडी अभिनेत्री अनु शाहले पत्रकार शान्तिप्रियको गीत गाएकी थिइन् । उनले गाएको केहि हप्ता नबित्दै अभिनेत्री नीता ढुङ्गाना गीत गाएकी छन् ।

अभिनयमा सक्रिय रहेकी नीता ढुंगानाले आफ्नो स्वरमा गणेश भजन ‘वक्रतुण्ड महाकाय’ रेकर्ड गराएकी छन् । भजन गाउन र भगवानप्रति आस्था राख्ने नीताले भजनबाटै गायनलाई अगाडी बढाएकी छन् । आफुले गाएको गीतलाई उनले आफ्नै प्रोडक्सन हाउस नीता फिल्मस्बाट भजनको भिडियो निर्माण गरेकी छन् ।

यस भन्दा अगाडी रेखा थापा, निरुता सिंह, परमिता आरएल राणा, प्रियंका कार्की, पूजा शर्मा, छुल्ठिम गुरुङलगायतले गीत गाइसकेका छनर तर उनीहरु नायिका जस्तो गायिकामा परिचित हुन सकेनन् । तर नीताले पनि नायिकाबाट गायिकामा जम्छिन् त ? त्यो भने भविष्यले नै बताउने छ ।