निर्मलाको न्यायका लागि नाजिरको मार्मिक कविता

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको २ बर्ष भयो । सरकारले अहिलेसम्म दोषी पहिचान गरेर कारवाही गर्नसकेको छैन । कार्वाहीका लागि त्यति धेरै मतलव पनि राखेको छैन । यसैबीच निर्मलाको हत्या भएको दुइ बर्ष पुग्दा पनि दोषी पत्ता लाउन नसकेको भन्दै सामाजिक सञ्जालमार्फत सरकारलाई घचघच्याउने काम भइरहेको छ ।

अहिले देशभरबाट सामाजिक सञ्जालमार्फत न्याय माग्नेको लर्को लागिरहेको छ । यस बीचमा नेपाली सेलिब्रेटीले पनि यसको चर्कौ बिरोध गरिरहेका छन् ।  अभिनेत्री रेखा थापा , स्वस्तिमा खड्का , बर्षा शिवाकोटी लगायतले सामाजिक सञ्जालमा निर्मलाको तस्विर राखेर सरकार भेटियो न्याय भेटिएन भन्ने प्ले कार्ड सेयर गरेर सरकारसँग न्याय मागेका थिए । यहि हुलमा अभिनेता नाजिर हुसेनले भने अलिक फरक तरिकाले निर्मलाको हत्यारा पत्ता लगाउन माग राखेका छन् ।

नाजिरले हत्यारा पत्ता लगाउन र दोषीमाथि कडा कारवाही गर्न कवितामार्फत सरकारसँग माग राखेका छन्। नाजिरले सामाजिक सञ्जालमा ‘हरियो प्रश्न’ नाम दिएर उनले लेखेका छन् ।

‘एक समय अदालतमा अडर अडर भन्दै गाभल बजेको थियो,
न्याय मुर्तीको हातमा झुन्डिएको बाङ्गो तराजुले सिधा न्याय गरेको थियो त ?
बाको मुटु चक्नाचुर भएर फुटेको कस्ले देख्यो ?
एक त्यान्द्रो आशा बोकेर ढोकादेखि ढोकासम्म पुगेको बाको नांगो पैतालालाई कसले देख्यो ?’

नाजिर अगाडि लेख्छन्,‘हो हजुर म निर्मलाको कुरा गरिरहेको छु ।
जसको मृत शरीरबाट गन्हाउने बासी विर्य अझैपनि हाम्रो मस्तिष्कमा ताजै भएर डुङ्गडुङती गन्हाइरहेको छ ।
के तपाइलाई गन्हाएको छैन ?
महासय । मुटुमा हात राखेर भन्नुहोस् त, तपाइको अदालतमा न्या मुर्तीको हातमा झुन्डिरहेको त्यो बाङ्गो तराजुले सिधा न्याय गर्यो त आजसम्म ?’

उनको कविताले धेरैको मन छोएको छ । नाजिर बेला बेलामा कविता मार्फत समसामयिक विषय उठाउँदै आएका छन् । केहि समय अगाडी आमाको बारेमा कविता लेखेका थिए ।