पल र बर्षाले भने ‘दिल कमाल भो’

अभिनेता पल शाह र अभिनेत्री बर्षा राउत अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘दिल कमाल भो ’ बोलको गीतमा शब्द संगीत तथा स्वर रमेश बानियाँको सुन्न सकिन्छ । रोमान्टिक शैलीको गीतलाइ एरेन्ज भने यम थापाले गरेका हुन् ।

गीतको म्युजिक भिडियोलाई राजिव समरले निर्दशन तथा कोरियोग्राफी गरेका छन् । भिडियोमा सुप्रिम पराजुलीको सम्पादन तथा कलर , अर्जुन तिवारीको छायाँकन ,आशिष पौडेलको ड्रेस समाबेश रहेको छ । गीतलाई बिहानी आर्टले बजारमा ल्याएको हो ।