सुशान्तको आत्महत्या प्रकरणमा मुछिए शाहरुख खान

सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा अभिनेता शाहरुखको नाम पनि जोडिएको छ । सुशान्तका जिम पार्टनर सुनिल शुक्लाले उनको मृत्यु हुनुमा शाहरुखको पनि हात रहेको बताएका छन् । त्यस कारण उनले बान्द्रा पुलिस स्टेशनमा उजूरी दर्ता गरेका छन् । यस घटनाको छानविन गर्ने जिम्मेवारी सीबीआईलाई दिनुपर्ने भन्दै सर्वोच्च अदालतमा उजूरी पनि दिएका छन् ।

शाहरुख खानले आईफा अवार्डस् समारोहमा सुशान्तलाई स्टेजमा बोलाएर अपमानित गरेको आरोप लगाएका छन् । आफु उक्त समारोहमा अपमानित भएको भन्दै सुशान्त निकै दुखी भएको सुनिलको भनाई छ । आईफा अवार्डस्मा सुशान्तलाई शाहरुख खानले अपमान गरेको र साहिद कपूरसँग स्टेज शेयर गर्नुुअघि फिल्म ‘काय पो चे’ का विषयमा कुराकानी गर्ने सहमति बनेको सुनिलको दाबी छ ।

अवार्ड कार्यक्रममा सुशान्तलाई सिग्नेचर स्टेपको प्राक्टिस गरेर आउन भनिएको थियो । त्यसक्रममा स्टेजमा उनको करियर र संघर्षका विषयमा समेत कुराकानी गरिने भनेर सुशान्तलाई शाहरुखले भनेका थिए । तर स्टेजमा पुुग्नासाथ उनको बेइज्जती गर्न सुुरु गरेको कुरा आफुलाई सुशान्तले भनेको दाबी सुनिलले गरे । सुशान्तले यो कुरा आफुाई जिम गर्ने क्रममा भनेको बताए । उनले सुशान्तले भनेको कुरा सेयर गर्दे भने ,‘म त्यहाँ गएँ । उनीहरुले मेरो बेइज्जती गरिदिए ।’