पल र प्रदिप लिएपछि सन्तोषसँग आशा र चुनौती

भोलीबाट काठमाण्डौमा निषेधाज्ञा । धमाधम छायांकन भैरहेका म्यूजिक भिडियो रोकिए । फिल्मको काम सुरु भएन । ५ महिना भैसक्यो ठप्प फिल्मको काम ।  यसरी त गाह्रो पर्छ अब फिल्मका कलाकारलाई पनि । फिल्म बनाएर बसेका दिन कुर्दैैछन् । कोही लगानीकर्ता फिल्म बनाउनका लागि घोषणा गर्दैछन् ।  नेपाली फिल्ममा लगानी कसले केमा गर्लान् ? लकडाउन सकिएर माहोल बनेपछि लगानी गर्नेहरु बढ्लान् कि घट्लान् भनेर विवेचना भैरहेको छ ।

कलाकारको नाम चल्छ कि, कथावस्तुले दर्शकलाई तान्छ कि । कता जान्छ माहोल फिल्मको । निर्माता सन्तोष सेनले अभिनेता पल शाह र प्रदिप खड्कालाई सँगै फिल्म खेलाउन लागेका छन् । हरिवंश आचार्य यो फिल्मको मुख्य कलाकार छन् । २ पुस्ता फिल्ममा आउँदैछ ।
पल र प्रदिप युवाहरुमाझ चलेका कलाकार हुन् । उनीहरुलाई अलग अलग लिएर फिल्म बनाएको बेलामा निर्माता सफल भन्दा फ्लप धेरै भएका छन् । एकसाथ आएको समयमा पल र प्रदिपमाथिको आशा र चुनौती अनेक छन् ।

पल र प्रदिपलाई लिएर सन्तोष सेनले कमेडी फिल्म हुतुतु बनाउन लागेका छन् । यो फिल्म बनेपछि अपेक्षा हुन्छ । किनकी, हरिवंश आचार्य, पल शाह, प्रदिप खड्का फिल्ममा भएपछि आशा बढ्ने भयो । यो ठूलो टिम बनेको छ । यो टिमले बनाएको फिल्म व्यापारको रुपमा पनि र कथाको रुपमा पनि उत्कृष्ट भएन भने गाह्रो हुनसक्छ । अनमोल केसी, पल शाह, प्रदिप खड्का, सलिनमान बनियाँ यीनै हिरो त चलेका भनिन्छन् नी अहिले । यसमा पल शाह र प्रदिप खड्का आउँदा सस्तो रुपमा आए भने त ।

पल र प्रदिपलाई लिएर हरिवंश जस्ता महारथी कलाकार राखेर फिल्म बनाउँदा सन्तोष सेन र छेतन गुरुङलाई चुनौतीको पहाड चढ्न पर्छ ।
फिल्मको व्यापार पल र प्रदिप एकसाथ आउँदा देखिने स्टार क्रेज हो । यो देखाउन सन्तोषको टिम चुक्न हुन्न । प्रदिपले त स्टारडम जोगाइरहेका छन् । पलले भने रिजर्भ बस्ने बानीको विकास गर्न सकेका छैनन् । यो फिल्मका लागि उनीहरुले त्यो पनि गर्नपर्छ ।