‘सुन्तला र स्याउ’ कि सोनाम फेरि म्युजिक भिडियोमा

गीत ‘सुन्तला र स्याउ’मा अभिनय गरेर चर्चामा आएकी मोडल सोनाम गुरुङ लामो समयसम्म फेरि म्युजिक भिडियोको अभिनयमा फर्किने भएकी छन् । करिव आधा दर्जन हाराहारी गीतको भिडियोमा अभिनय गर्दा गर्दै जागिरको शिलशिलामा अल्झिएकी सोनामले नयाँ गीतमा अभिनिय गर्न लागेको बताइन् ।

सशस्त्र प्रहरीमा हवल्दार पदबाट १६ बर्षमा रिटार भएकी सोनाम अव म्युजिक भिडियोमा फर्कन लागेकी हुन् । ०५९ सालमा सशस्त्र प्रहरी एपिएफ क्लवको सांस्कृतिक शाखामा कार्यरत भइ हाल त्यस क्षेत्रबाट रिटाएर भएको पनि दुई वर्ष पुगेको जानकारी दिइन् । गुरुङले अभिनय गरेको गीत मध्ये ‘सुन्तला र स्याउ ’ त्यो समयमा चर्चित थियो ।

यहि गीतको चर्चाले गर्दा उनी सांगीतीक कार्यक्रमकै सिलसिलामा कोरियामा ४ पटक, हङङमा २ पटक, सिंगापुरमा ३ पटक, कतारमा २ पटक साउथ सुडान, कुवेत, अमेरिकामा समेत पुगिसकेकी छन् । निर्देशक तथा मोडल शंकर बिसी, गायक प्रेम लोप्चन र वरिष्ठ कलाकार मिथिला शर्मालाई प्रेरणाको स्रोत ठान्ने गुरुङले अवका दिनमा विभिन्न बिटको गीतहरुमा नृत्य गर्न सक्ने बताइन् । छिट्टै शंकर बिसीसँग म्युजिक भिडियोमा अभिनय गर्नलागेको समेत बताएकी छन् ।