नम्रताको मेहेनत फिल्ममा नी काम आओस्

Mero Film

फिल्म खेल्नकै लागि त होइन, कलाकारले ज्यान बनाउने । स्वस्थ रहन पनि ज्यान बनाउपर्छ । कलाकार मेहनत गर्छन् । लकडाउनको समयमा त कलाकारले झनै मेहेनत गरे । यो मेहेनतमा अभिनेत्री रेखा थापा, नम्रता श्रेष्ठ देखिए । हुनत, मेहेनत अरुले पनि गरेका छन् ।

नम्रता श्रेष्ठ भनेर जाइराकी नम्रता नसंझिनुहोला । उनी, फिल्म गाँठोकी नम्रता हुन् । माछा माछा उनले अभिनय गरेको पछिल्लो फिल्म हो ।
नम्रताको ज्यान बनाई हेर्दा प्रशंसा गरौ । कोही कलाकारले घरमै रहेर यती मेहेनत गरेका कमै छन् । लकडाउनमा घरमै रहँदा नम्रताले गरेको मेहेनतको प्रशंसा नगरी बस्न सकिएन ।

नम्रताले फिल्म खेल्नकै लागि त यो मेहेनत गरेकी होइनन् होला । तर, यत्रो मेहेनत फिल्ममा दर्शकले हेर्न पाए भने त अझै उनलाई पनि खुशी लाग्थ्यो होला । कोरोना सकिएपछि बन्ने उनको फिल्ममा उनको मेहेनत अभिनयसँगै ज्यानमा पनि देखिएला त ?
नम्रतालाई शुभकामना दिनपर्छ । उनको मेहेनतलाइ दर्शकले पनि हेर्न पाउन् । वेल डन नम्रता ।


Leave a Reply

Your email address will not be published.