बाढी पिडितका लागि मनकारी पल

अभिनेता पल शाह निकै मनकारी रहेका छन् । उनी फिल्म तथा म्यूजिक भिडियो करिअरसँगै सामाजिक सेवामा संलग्न हुदै आइरहेका छन् । उनले हालै कालिकोट पुगेका उनी बाढी पहिरो पिडितका लागि खाद्यान्न, लत्ता कपडा बोकेर त्यता लागेका हुन् ।

पल शाह प्रतिष्ठान र हाम्रो टिम नेपालको सहकार्यमा पलले कालिकोटका ४० घर परिवारलाई सिरक–डसना, खाद्यान्न सामाग्री वितरण गरेका छन् । उनले त्यसपछि कालिकोटबाट आछाममा पनि जाने योजना रहेको बताएका छन् । त्यहाँ धेरै जनधनको क्षती भएको सुनेका कारण खाद्यान्न लगायतका सामग्री बाँड्न जाने तयारी भएको जानकारी दिएका छन् ।

अहिलेसरकारले गरेको विभिन्न जिल्लामा निषेधाज्ञा जारी भएपनि आफूहरुले काठमाण्डौबाट नै पास बनाएकाले कुनै समस्या नभएको पलको भनाई छ । लकडाउनको समयमा चलचित्र प्राविधिकहरुका लागि ५ लाख बराबरको खाद्यान्न उपलब्ध गराएका थिए भने केहि अनाथलयमा पुगे विभिन्न सामाग्री बाँडेका थिए । उनी पछिल्लो समय सामाजिक काममा सक्रिय रुपमा नै लाग्दै आएका छन् ।