बिहेपछि पहिरनमा चुजी बनेकै हुन् त गरिमा

फिल्म क्षेत्रमा अलग भएको लामै समय भइसक्यो अभिनेत्री गरिमा पन्तको । वेल्जियममा रहेका व्यापारी हरि सिलवालसँग बिहे गरेपछि युरोपमै रमाइरहेकी गरिमा केहि बर्षदेखि सामाजिक सञ्जालमा हट हट तस्विर सार्वजनिक गर्दै आफ्ना दर्शक तथा फ्यानलाई मनोरञ्जन दिइरहेकी छन् ।

सोझी अभिनेत्रीका नाममा चिनिएकी गरिमा युरोप हानिएपछि हट हट तस्विरहरु खिचाएर दर्शक तथा शुभचिन्तकलाई छक्कै पार्ने काम गरिरहेकी छन् । छक्क पनि किन नपरुन् उनले त्यस्तो पोसाक लगाएर हट नागिका जस्तो बन्लिन् भनेर । उनले दैनिक जस्तो पोष्ट गरिरहने तस्विर भन्दा अलिक कलरमा तस्विर खिँचाएर पोष्ट गरेकी गरिमाको चर्चा बढेको छ ।

उनले प्रेमको रंगको रुपमा चिनिने रातो रंगको पहिरनमा सजिदै तस्वीर पोष्ट गरेकी छिन् । जुन तस्विरमा गरिमा निकै आकर्षक देखिएकी छिन् । धेरैले विहे अगाडीकी नर्मल गरिमा बिहेपछि शरीर मेन्टेन देखि पहिरनमा पनि चुजी हुन थालेको चर्चा गर्न थालेका छन् । बेल्जियमको कहिले समुन्द्रमा हट तस्बिर खिचाउँदै पोष्ट गर्छिन् भने कहिले कफी सपमा । जे होस् गरिमा नेपाली दर्शकलाई बेला बेलामा यस्तै तस्विरले भएपनि अभिनेत्री भएको कुरा सम्झाइरहनु पर्छ है ।