श्रीमतीको स्वास्थ्यलाभको कामना गर्दै ब्रत बसे प्रमोद खरेल

गायक प्रमोद खरेल यस वर्षको हरितालिका तीजमा ब्रत बसेका छन् । उनले आफु श्रीमतीको लागि आयु लामो होस् भनेर ब्रत बसेको जानकारी ट्विटमार्फत दिएका छन् ।

सधैँका वर्षहरुमा श्रीमतीले आफ्नो लागि व्रत वस्ने गरेको र यो वर्ष श्रीमतीले ब्रत बस्न नसक्ने हुँदा उनको स्वास्थ्य लाभको लागि ब्रत बसेको बताएका छन् ।

प्रमोदले ट्वीटरमा लेखेका छन् ,‘श्रीमती ले आजको दिन सधै श्रीमान को लामो आयुको लागि व्रत बस्छन् । तर उनी बिरामी भएको ३ महिना भयो, सुधार धेरै भएपनि उनी यसपाली सक्दिनन् । यसपाली म उनको लागि किन नबस्ने ??? यसपाली मैले उनको लागि व्रत बस्दैछु ।’ प्रमोदको तीन महिना अगाडी दोस्रो सन्तानका रुपमा पुत्रीलाभ भएको थियो ।