नेपाल आइडलबाट आउट भए केभिन

नेपाल आइडल सिजन ३ को टप ४ बाट केभिन ग्लान तामाङ आउट भएका छन् । सबै खाल्का गीत गाउन सक्ने क्षमता भएका केभिन टप ४ बाट आउट भएका हुन् । उनले टप ३ मा पुग्नका लागि ‘जब सन्ध्या हुन्छ’ बोलको गीत गाएका थिए । उनले सोचे जस्तो भोट नआएपछि टप ४ बाट बाहिरीनु परेको हो ।

जज इन्दिराले आफु टोटली सक भएको बताएकी छन् । उनले आफु भायस भएर भनेको होइन । फ्यान फलोइन धेरै भएता पनि किन भोट कम आयो भनेर छक्क परेको बताईन । त्यस्तै जज न्हुँले केभिन आउट हुँदा दुखी लागेको बताए । आफुले यस्तो पिणा सहदै आएको हुँदा मन बाँध्न सकिदो रहेछ भन्दै केभिनको मन बुझाईदिन तर्फ लागे ।

त्यस्तै अर्का जज कालीले केभिन टप ३ सम्म पुग्छ होला भनेर सोचेको थिए । यस कुरामा आफु हारेको बताए । उनको पहिला देखिको प्रस्तुतीले केभिनको टप ३ सम्मको यात्रा हेर्न चाहेको बताए । तर टप ४ मै रोकिएकोले आफु दुखी भएको कालीको भनाई छ ।

जज कालीले भने,‘कुनै म आवश्यता पर्यो भने ,एककल गर्नु होला , मसँधै केभिनको साथमा हुनेछु,आइ लभ केभिन । ’ आजबाट प्रविन बेडवाल,किरण कुमार भुजेल र सज्जा चौलागाई टप ३मा पुगेका छन् ।