दुर्गेसको ‘आलु जस्तो गायक’मा कुतर्क


नेपाली सांगीतिक आकाशमा रामकृष्ण ढकालको स्वरको प्रशंसा हुन्छ । रामकृष्ण ढकालको कथाको बयान गरिएको हुन्छ ।

बाटोमा गाउँदै हिडेका थिए ढकाल । ढकालले स्वर भगवानबाट उपहार पाएका थिए । उनको स्वरलाई चिनेर उनलाई राजधानीमा ल्याइएको हो । ढकालले भगवानबाट पाएको हुँ मैले स्वर भनेर सुर, ताल नै नसिकेर बसेको भए उनी सुगम संगीतका प्रख्यात गायक बन्ने थिएनन् ।

आफ्नो स्वरलाई उनले माझेका हुन् । माझेर कर्णप्रिय बनाएर उनी लोकप्रिय बने । अझै पनि उनी सिकिरहेको छु भनेर भन्छन् ।

गायक वा गायिका बन्छु त्यो पनि राम्रो भन्ने जसले पनि संगीतको सुर, ताल, राग, सारेगममा रमाउने गरेका छन् । कमजोरी सिकेका छन् र अब्बल आएका बनेका छन् । आज आएर भोली हराउने भाइरल गायकहरु अहिले कहाँ छन् ?

ऋषि धमलाको कार्यक्रममा पुगेर सुर न तालमा गीत गाएपछि गायक दुर्गेस थापाको आलोचना बनेको हो । गीत पनि उल्टो गाइदिए उनले । यसको आलोचना भएपछि दुर्गेसले जवाफ दिएर आलु जस्तो गायक रिलिज गरे ।

गीतमा दुर्गेसले आफ्नो आमा पढ्दै नपढेकी, बाबाले पनि गीत नलेखेकोले आफूले सुर ताल कसरी जान्ने भनेर जवाफ दिएका छन् ।

दुर्गेसले आफ्नो गल्ती लुकाउन गलत तर्क गरे । गायक बन्छु भनेर राजधानी आएपछि उनले सुर र ताल सिक्नुपर्ने हो कि होइन ? अब म गायक बन्छु भनेर लागेपछि हचुवाको भरमा, सुर र ताल नै नजानी गीत गाउँदा के हुन्छ, उनले भोगिसके ।

अझै पनि उनले सुर र ताल कसरी सिक्नु भन्दैछन् । यो देशमा उच्च पदमा पुगेका, आफ्नो विधामा राम्रो नाम कमाएका धेरैले त्यसमा लाग्छु भनेरै सिकेका हुन् । पत्रकार बन्न बाबु वा आमाले पत्रकारिता पढ्नै पर्छ र, हिरोका सबै बा आमाले अभिनय गरेका छन् र ?

आफू नसिक्ने, आफू जान्न नखोज्ने अनी सुर र ताल मैले कहाँबाट सिक्नु भन्ने कुतर्क गरेर होला र ?

सुर र ताल नै नसिकेर आएको गायकसँग प्रश्न सबैले गर्छन् । अब, पनि मैले सुर ताल कहाँबाट सिक्नु भन्दै वेसुरामा गीत गाउने कि सिक्न तिर लाग्ने दुर्गेसले ।

अहिलेको समयमा चलेका गायक गायिकाले गुरु बनाएर सिकिरहेका छन् र नाम बनाएका छन् । यस्ता कुतर्क गर्न भन्दा बरु राम्रो गायक बन्नु छ भने सुर ताल, सारेगम सिक्नतिर लाग्दा राम्रो हुन्छ दुर्गेस जी ।