प्रियजनको निर्देशनमा मेनुकाको ‘ नौ डाँडा पारी ’

नेपाली गीत संगीतमा सक्रिय गायिका मेनुका राईको लोक आधुनिक गीत ‘ नौ डाँडा पारी ’ बजारमा आएको छ । परदेशमा धन कमाउने सपना बोकेर विदेशमा गएको आफ्नो प्राण प्यारो परिवारलाई केही समय आफनो साथ बाट छोड्नु पर्दाको पिडालाई गीतमा समावेश गरिएको छ ।

गीतमा अम्बर सुब्वाको शब्द सिर्जना , गिरिराज निरौलाको संगीत तथा राजु कार्कीको एरेन्ज समावेश रहेको छ । भावनात्मक रुपमा गीतमा प्रेमी प्रेमीकाबीच माया र स्नेहलाई निकै कलात्मक र रचनात्मक शैलीमा गीतकार प्रस्तुत भएको छन् ।

गीतको भिडियोलाई समिर राईले खिँचेका हुन् भने नरोत्तम पाण्डेको सम्पादन, प्रियजन राईको निर्देशन रहेको छ । गीतको भिडियोमा गायिका स्वयम् आफैले अभिनय गरेकी छन् ।