‘भैरे’ का निर्देशक ‘बा’ निर्माणमा जुटे

फिल्म ‘भैरे’ का निर्देशक एभरेष्ट सूर्य बोहराले बाबुको मुख हेर्ने दिनको अवसर पारेर भदौ ३ गते चलचित्र विकास बोर्डमा ‘बा’ नामक फिल्म दर्ता गरेका छन् । उनले कोरोनाको प्रभाव कम भएपछि फिल्मको छायाँङ्कन गर्ने भन्दै फिल्म दर्ता गराएका हुन् ।

उनले गर्न लागेको फिल्ममा बाबुको संघर्ष, त्याग र बलिदान प्रस्तुत गरिने छ । फिल्म एभरेष्ट सूर्य बोहरा फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको हो । फिल्मलाई निर्माण टिमले भनेअनुसार अर्को साल बाबुको मुख हेर्ने नै प्रदर्शन हुनेछ । फिल्मको छायाँङ्कन लम्जुङ र मनाङका विभिन्न स्थानमा खिचिने भनिएको छ । त्यस्तै यस फिल्मका लागि कलाकार भने छनोट भइसकेका छैनन् । फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् ।

फिल्मका गीतमा राजनराज शिवाकोटी, यम बराल र एलिस कार्कीको संगीत रहनेछ । बोहरा निर्देशित पछिल्लो फिल्म ‘हेलो जिन्दगी’ को हाल पोस्ट प्रोडक्सनको कार्य भइरहेको छ ।