उपाध्यायका ‘गए तिम्रा यादहरू’

 

गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘गए तिम्रा यादहरू‘’ सार्वजनिक भएको छ । राज सागरको स्वर तथा सङ्गीत, शाहस साक्यको एरेञ्ज र दीप घतानीको मिक्सिङ र माष्टरिङ रहेको गीत ‘गए तिम्रा यादहरू‘’ को भिडियो सार्वजनिक भएको हो ।

रोशिकको निर्देशन र छायाँकन तथा सम्पादन रहेको गीतको भिडियोमा नयन सिंह, पुरूषोत्तम सानु, रूपा सुनार, रजिना भित्रीकोटी लगायतका फिचर्ड छन् ।

उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका साथै सार्वजनिक भएका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् ।