जातिय भेद्भाव अन्त्यका लागि दर्जनौ कलाकारले गरे अभिनय

जातिय विवेदको अन्त्य गरौ भन्ने सन्देश मुलक गीत सार्वजनिक भएको छ । ‘जातिय भेदभाव’बोलको गीतमा प्रकाश बराइली ‘अभिब्यक्ती’ ले लेखेको हुन् भने रमेश बिक्रम रत्नले संगीत भरेका छन् । गीतलाई प्रकाश बराइली ‘अभिब्यक्ती’ , विन्दु विसी र संग्तिकार सवयम्ले आवाज भरेका छन् ।
यस गीतको भिडियोमा शिब बिक, दीपाशा बिसी, चन्द्र शर्मा, शंकर बिसी, शिवन पोखरेल, होम धिताल, राकेश शोनी, टिका भुजेल, प्रकाश बराइली ‘अभिब्यक्ती’, ध्रुब हिमाली, निर आले मगर, राजकुमार रायमाझी, राजु रिजाल, रिना थापा मगर, आशा भुसाल, अनिता बस्नेत, मैना रेश्मी मगर, बर्षा शिलवाल, उषा सुबेदी, रितु तामाङ, सोनम गुरुङ, बिन्दु बिसी, बन्दना नेपाल, आईसा राई लगायत दर्जनौ कलकारले अभिनय गरेका छन् ।

सबैको रगत रातो छ र भेद्भाव गर्नुहुन्न भन्ने सन्देश गतिले दिएको छ । गीतकार तथा गायक प्रकाश बराइली भन्छन् – ‘अधिकार स्थापित गर्न सकिन्छ भन्ने सन्देश गीतबाट सबैमाझ सन्देश दिन खोजिएको छ । सायद सबैले मन पराइदिनुहुनेछ भन्नेमा आशाबादी रहेको छु । ’
‘जातिय भेदभाव’ भिडियोलाई बराइली आफैले निर्देशन गरेका छन् भने राम सिंह भाटको सम्पादन राजु रिजालको सह छायांकन छ ।