आयो नीताको ‘गणेश भजन’

नायिकाबाट गायिका बनेकी नीता ढुङ्गानाको पहिलो गीत सार्वजनिक भएको छ । उनले आफ्नै स्वरमा ‘गणेश भजन’ सार्वजनिक गरेकी हुन् ।
सार्वजनिक भएको भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका छन् भने सञ्जय लामाले खिचेका छन् ।

नीता ढुङ्गाना, सुशिल सिटौला,अंशु पोखरेल अक्षता पोखरेल, अनुश्का पोखरेल,दिव्या सेन्चुरी, लगायत एक दर्जन कलाकारको अभिनय रहेको छ । केहि दिन अगाडी यो गीतको छायाँङ्कनका क्रममा प्रहरीले अवरोध गरेको थियो ।