‘३६ घण्टा’ लिएर आए गायक आशिष  

गायक आशिष पोखरेलले नयाँ गीत बजारमा लिएर आएका छन् । उनले ‘३६ घण्टा’ बोलको गीत बजारमा लिएर आएका हुन् । सार्वजनिक भएको गीतमा स्वर , शब्द र संगीत स्वयम गायक आशिष  कै रहेको छ भने पुष्प संगमले संगीत संयोजन गरेका छन् ।

गीतमा एकअर्काको भावना नबुझ्दा, एक अर्काप्रति शंकाको भावना लगायतका विभिन्न कारणले प्रेम गर्ने जोडी बीच ब्रेकअप हुन्छ । ब्रेकअप हुनु राम्रो त होइन तर, ब्रेकअप हुँदैमा सबै सकियो भन्ने पनि होइन ।

ब्रेकअप पछि पनि फेरि मिलन हुन्छ भन्ने भाव गीत मार्फत दिन खोजिएको छ । गीतको भिडियोमा गायक कै अभिनय रहेको छ भने विक्रान्त रेग्मीले छायांकन गरेका छन् ।  भिडियोलाई संदेश शाहले सम्पादन गरेका छन् । त्यस्तै भिडियोमा आरजु बैजुले कोरियोग्राफी गरेको छन् भने शिशिर खातीको कन्सेप्ट र निर्देशन छ ।