भारत सरकारले दियो फिल्म तथा टेलिफिल्मको छायाँङ्कनका लागि अनुमती

भारतमा फिल्म शुटिङ गर्नका लागि केन्द्र सरकारले अनुमति दिएको छ । कोभिड १९ को महामारीका बीच सुटिङ गर्नका लागि लामो दश बुँदे लेख सहित सुटिङका लागि इजातजपत्र दिइएको हो ।

भारतका सूचना तथा प्रसारण मन्त्री प्रकाश जावडेकरले आज (आइतबार ) फिल्म तथा टेलिभिजन शुटिङका लागि १० बुँदे गाइडलाइन्स जारी गर्दै सुटिङका लागि अनुमती दिएको हो । जारी गरिएको १० बुँदेलाई स्ट्याण्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी) भनिएको छ । गाइडलाइन्सले महामारीमा सुरक्षाको काम गर्नेछ ।

सरकारले दिएको अनुमतीमा विभिन्न सर्तहरु रहेका छन् । भारतिय मिडिया भास्करले जनाए अनुसार शुटिङ स्थलसहित सबै ठाउँमा कलाकारसहित कर्मचारीले अनिवार्य मास्क लगाउनुपर्ने, ६ फिटको भौतिक दुरी कायम गर्नुपर्ने, उच्च जोखिम क्षेत्रका कर्मचारीलाई सार्वजनिक सम्पर्कजस्तो फ्रन्टलाइन काममा सहभागी नगराउने जस्ता प्रावधान गाइडलाइनमा राखिएको छ ।

त्यस्तै फिल्म था टेलिभिफल्मको शुटिङ सेटमा दर्शकलाई आउन प्रतिबन्ध छ । केहि समय अगाडी महाराष्ट्र सरकारले केही निश्चित शर्तसहित शुटिङका लागि अनुमति दिइसकेको थियो । त्यसैलाई फलो गर्दै आज केन्द्र सरकारले पनि अनुमती दिएको हो ।