अजय र आदित्यको दुस्मनी तोडिदै, दुवैको एउटै फिल्ममा काम गर्ने मुड

Mero Film

अजय देवगन र आदित्य चोपडाले एउटै फिल्ममा अभिनय गर्ने भएका छन् । उनीहरु लामो समयदेखि एकअर्का दुस्मनीका मोलिरहेको थिए । यस कारण उनीहरु वर्षौ पहिले देखिको दुस्मनी भुलेर एक साथ काम गर्ने भएका छन् । अजय र आदित्यले एउटै फिल्ममा देखिन लागेता पनि दुस्मनीको बारेमा कुनै प्रतिक्रिया नजनाएका छैनन् ।

यशराज बैनरले निर्माण गर्न लागेको नयाँ फिल्ममा अजय देवगन र आदित्यले अभिनय गर्दैछन् । जसलाई राहुल रवैलका छोरा शिव रैवलले निर्देशन गर्नेछन् । राहुल पहिलो पटक फिल्म निर्देशन गर्ने भएका हुन् । यशराज बैनरले आफु ५० वर्ष पुरा हुने खुशीमा केही प्रोजेक्टको घोषणा गर्ने तयारीमा रहेको हुन् ।

निर्माण गर्न लागिएको फिल्म एक सुपर हिरो ड्रामा हुने निर्माणपक्षको भनाई छ । जसमा अजयको टर्निङ प्याइन्टका रुपमा पनि लिइएको छ । किनभने अजयले आफ्नो फिल्मी करिअरमा सुपरहिरोको भुमिका निर्भाह गरेका छैनन् । यसैफिल्मबाट आदित्य चोपडाले अजय देवगनको आगामी सुपर हिरो फिल्मलाई फ्रान्चाइजीमा बदल्ने सोचमा छन् ।

आफु ५० बर्ष पुगेको अवसरमा यशराजले अजय देवगन, सलमान खान, शाहरुख खान, रितिक रोशन र जोन अब्राहम जस्ता ठुला कलाकारहरुको साथमा फिल्महरु घोषणा गर्ने तरखरमा रहेका छन् । उनले निर्माण गर्न लागेको फिल्मको नाम भने त्यहि बेलामा सरप्राइज स्वरुप दिने यशराजको निकटका कलकारले बताएका छन् ।


Leave a Reply

Your email address will not be published.