प्रविण, सज्जा र किरणमा, को बन्ला नेपाल आइडल सिजन ३ को बिजेता ?

एपिवान टेलिभिजनबाट प्रशारण भइरहेको लोकप्रिय साङ्गीतिक रियालिटी शो ’नेपाल आइडल’को सिजन ३ फाइनलमा पुगेको छ । फाइनलमा पुगेसँगै कसले उपाधि चुम्ने होला भन्ने सबैको मनमा प्रश्न उब्जिरहेको छ ।

यहि भदौ १२ गते हुने फाइनलमा तीन प्रतिष्पर्धिहरु पुर्ण तयारी रहेको छन् । महोत्तरी बर्दिबासका किरण भुजेल,मोरङकी सज्जा चौलागाँई र बर्दियाका प्रवीण बेडवाल रहेका छन् । यि तीनै जना प्रतिष्पर्धि बलिया प्रतिष्पर्धि हुन् ।

। अहिले उनीहरु आफुलाई जिताउन भोट सबै सामु अपिल गरिरहेका छन् । कसले बाजी मार्ला भनेर आम दर्शकमाझ कौतुहल्ता भइरहेको छ । यि प्रतिपष्र्धिहरुका फ्यानहरु अफ्नो प्रतिष्पर्धिलाई जिताउन लकडाउनका कारण सामाजिक सञ्जालमार्फत नै भोट मागिरहेको छन् ।

गत चैत्र महिनामा सकिनुपर्ने नेपाल आइडल ३ गत चैतमा देशभर लागेको लकडाउन र कोरोना भाइरसका कारण अहिलेसम्म आइपुगेको हो । सरकारले लकडाउन खुकुलो गरे लगत्तै फेरि शुरु गरिएको थियो ।