आफू स्कुलमै शारीरिक शोषणमा परेको पेरिस हिल्टनको खुलासा

अमेरिकी चर्चित गायिका तथा डिजे पेरिस हिल्टनले आफूले युवावस्थामा मानसिक र शारीरिक शोषण बोग्नु परेको खुलासा गरेकी छन् । उनले आफ्नो आउँदै गरेको डकुमेन्ट्री ‘दिस इज पेरिस’ बारेमा बोल्दै गर्दा आफ्नो गोप्य कुरा खोलेकी हुन् ।

हिल्टनले आफु उताहस्थित बोर्डिङ स्कुलमा भर्ना हुँदा भावनात्मक, मानसिक र शारीरिक उत्पिडन भोगेको बताएकी हुन् । अमेरिकन एक मिडियामा उनले दिएको अन्तरवार्तामा पनि आफु शोषणमा परेको कुरा बताएकी थिइन । त्यहाँबाट प्रकाशित पिपुल म्यागजिनमा उनले दिएको अन्तर्वार्ता शारीरिक शोषण भएको लामो समयसम्म लुकाएर राखे अव आफ्नो वास्तविकता नलुकाउने बताएकी छन् ।

हिल्टनले भनिन् – ‘मैले मेरो सत्यता लामो समयसम्म लुकाइराखेँ, तर म बलियो महिला भएकोमा गर्व छ । मानिसहरु मेरो जीवनमा भएका सबै चिज मलाई सामान्य लागेको छ भन्ठान्छन् होला, तर म म वास्तवमा के हुँ भनेर यो संसारलाई देखाउन चाहन्छु ।’

मैले स्कुल मै शारीरिक याताना सहेँ

उनी यतिमा मात्र सिमित रहेकी छैन । उनले यो भन्दा धेरै शोषणमा परेको कुरा बिस्तारै खोल्न थालेकी छन् । उनले उक्त अन्तरवार्तामा अन्तमा भनेकी छन् ,‘मैले थाहा पाएँ कि, अन्यत्र भन्दा यहाँ खराब छ । यो एक स्कुल जस्तो थियो । तर क्लास हुँदैनथे । म उठेदेखि नै ओछ्यानमा जाने बेलासम्म मेरो अनुहारमा चिच्याहट र निरन्तर यातना हुन्थ्यो ।’

हिल्टनले स्कुलका कर्मचारीबाट आफुले डर लाग्दा कुराहरु सुन्ने गरेको पनि बताएकी छन् । उनले त्यो बेला आफुमाथी बारम्बार ‘बुलिङ’ हुने गरेको बताईन् । उनले झन् डर लाग्दो कुरा के खोलेकी छन् भने आफुलाई शोषण गर्दा कैदी जस्तै बनेको बताएकी छन् । उनी  भन्छिन्,‘त्यसबेला मलाई पेनिक अट्याक हुन्थयो । र हरेक दिन रोएको हुन्थेँ, म एकदम दयनीय रुपमा त्यहाँ थिएँ । मलाई लाग्थ्यो कि, म कैदी हुँ र मैले जीवनलाई घृणा गर्न थालेको थिएँ ।’

 

उनको परिचय विद्रोही पनि

पेरिस हिल्टन २००३ देखि ‘द सिम्पल लाइफ’ सिरियल मार्फत चर्चामा आएकी हुन् । त्यसअघिसम्म न्युयोर्कको होटलमा बस्ने एक सामान्य तर विद्रोही किशोरीको परिचय मात्रै थियो उनको ।
उनी आफ्ना अभिभावक अति कडा भएकाले पनि एक्लै बस्न थालेकी थिइन् । तर उनी बिरामी भएपछि अभिभावकले केही स्कुलमा पठाएका थिए ।