छोटो फिल्म ‘अनुमाला’ मा चेलिबेटी बेचबिखनको कथा

छोटो चलचित्र नेपाली छोटो चलचित्र ‘अनुमाला’ सार्वजनिक गरिएको छ । मल्लाज प्रोडक्सनको निर्माणमा बिभु पौडेल र बिशाल डोटेलको निर्देशनमा फिल्म ‘अनुमाला’ सार्वजनिक गरिएको हो ।

फिल्ममा अनुराधा र निर्मला नामक दुइटा महिला पात्र र उनीहरुको फरक जीवन कसरी ठोक्किन पुग्छ भन्ने कथानक फिल्म रहेको छ ।
फिल्ममा सृष्टी खड्गी, रोहनी लामा, भीमा मैनाली, आयन खड्का, मनिष ढुंगाना लगायतले अभिनय गरेका छन् । अभिषेक राईको छायांकन रहेको फिल्ममा कथा बिशाल डोटेल र सम्पादन रोमीको रहेको छ । फिल्म ‘अनुमाल’ लाई मल्लाज प्रोडक्सनको युट्युबमार्फत हेर्न सकिने छ ।