विज्ञापनमै मज्जा छ अनमोललाई


ए मेरो हजुर ४ को छायांकन रोकियो । अभिनेता अनमोल केसी घरमै बसे । लकडाउनको समयमा उनी घर भित्रै रमाएका हुन् ।

अनमोल केसीले ए मेरो हजुर ४ को टिम मिस पनि गरे । तर, अनमोल केसीलाई फिल्मबाट आम्दानी नभएपनि विज्ञापनले गर्नु गरेको छ ।

अनमोलको फेसबुक, इन्स्टाग्राम भरिएको छ विज्ञापनले । अनमोल कम पोष्ट गर्ने कलाकार हुन् । उनलाई त अहिले विज्ञापन खेलेरै फुर्सद छैन । एनसेल, यमाहा, नविल बैंक लगायतका विज्ञापनको छायांकन भयो ।

सबैको टीभीसी रिलिज भयो । अनमोल केसीको सामाजिक संजाल यही कुराले भरिएको छ । फिल्मको काम गर्न नपाएपनि उनलाई विज्ञापनले ठूलो सहयोग गरेको छ ।

अनमोलले पनि विज्ञापनबाट राम्रो रकम लिने गरेका छन् । यही भएर कोही कलाकार भिडियोमा खेल्दै छन् । केही कलाकार घरमै छन् । अनमोल महंगा विज्ञापनमा रमाइरहेका छन् ।

तर, विज्ञापनमा खेल्दा खेल्दै फिल्म खेल्न चै मन नलाग्ला नि अनमोल जी ।