डाक्टर तथा नर्सको सम्मान गर्न बर्षाको अनुरोध

अभिनेत्री वर्षा सिवाकोटीले कोरोना महामारीको समयमा डाक्टर, नर्सहरुको सम्मान गर्न आग्रह सबैलाई आग्रह गरेकी छिन् । नयाँबानेश्वरमा केहि स्थानियहरुले डाक्टर ,होस्टेल घेर्न पुगको खबर सार्वजनिक भए लगत्तै उनको यस्तो जवाफ आएको हो ।

वर्षाले सामाजिक सञ्जाल फेसबुकमाफृत भनेकी छिन् –‘यो सममा आफू र आफ्नालाई सुरक्षित राख्नुपर्ने त छदैछ । साथै, स्वास्थ्य सेवा प्रदान गर्न खटिएका डाक्टर, नर्स, मेकिडल क्षेत्रमा सबै र यस्तै सेवा र हामीलाई सुरक्षित राख्न तत्पर सबैको कार्यको सही मुल्यांकन गर्न पनि उत्तीकै जरुरी छ । यस्तो जटिल परिस्थितीमा एक अर्काको लागि सहयोग, माया, सद्भाव राख्नु अत्यन्त आवश्यक छ ।’