सिन्हाले गरे रिया र महेश भट्टबीचको सम्बन्धमा प्रश्न

सुशान्तसिंह राजपुतले आत्महत्या गरेपछि उनकी पूर्वप्रेमीका रिया चक्रवर्ती विवादमा फसिरहेको अवस्थामा उनको र निर्देशक महेश भट्टको सम्बन्धलाई लिएर प्रश्न उठ्न थालेको छ ।

भारतिय पत्रिका नव भारत टाइम्समा छापिएको समाचार अनुसार रिया र महेशका तस्बिर र भिडियो बाहिरीएपछि उनीहरुबीचको सम्बन्धमा प्श्न गर्न थालिएको छ । सुशान्तको आत्महत्याको कारक रिया भन्दै उजुरी परेको छ । यस रिया र महेशको तस्विर र भिडियो सार्वजनिक हुनुले आशंका उब्जाएको भारतिय मिडियाले बताएका छन् । सुशान्तको मृत्युमा महेशको पनि हात भएको अनुमान गरिएको समाचार छ ।

यि दुइको भिडियो र तस्विर सार्वजनिक भएपछि अभिनेता शत्रुघ्न सिन्हाले उनीहरुमाथी प्रश्न गरेका छन् । उनले इन्डिया टुडेलाई अन्तरवार्ताका क्रमा भनेका छन् –‘यदि मैले भए यो सबै विषयलाई सीबीआईको सामुन्ने राख्थे । हमीलाई अहिलेसम्म यो थाहा छैन कि रिया र महेशबीच कस्तो सम्बन्ध छ । के उनी बुबा हुन्, गडफादर हुन् या अरु नै केही सम्बन्ध छ ? म यो केटी (रिया) सँग भेटेको छैन । महेश भट्टले के र कुन आधारमा भने त्यो कुरामा म कमेन्ट गर्न सक्दिनँ किनभने मलाई सबै कुरा थाहा छैन ।”

उनले यस विषयमा थप अनुसन्धान गर्न सीबीआईलाई अनुरोध गरेका छन् । रिया र महेश भट्ट केहि समय देखि ह्वाट्सएपमा कुराकानी हुदै आइरहेको थियो । जसका कारण उनीहरुबीच रमाइरहेको भिडियो र तस्विर लिग भएको भियो ।