बसन्त र रचनाको आवाजमा ‘सुनन पियारी’

संगीतकार बसन्त सापकोटा र पछिल्लो समयकी चर्चित गायिका रचना रिमालले स्वर भरेको ‘सुनन पियारी’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक भएको गीतमा शब्द संगीत समेत बसन्त सापकोटाकै रहेको छ ।

म्युजिक भिडियोमा मोडेल सृष्टि खड्का ,सुधिर श्रेष्ठ र सुजाता पाण्डेले अभिनय गरेका छन् । गीतमा आफ्नी पिरारीलाई लैजाने कुरा गरिएको छ । त्यसमा पियारीले लैजानु न त भन्ने खाल्का गीतको भाव रहेको छ । भिडियोलाई बसन्त सापकोटा कै युट्युव च्यानलमा अपलोड गरिएको छ ।

भिडीयोलाई निर्देशन तथा सम्पादन निशान काश्यपले गरेका छन् भने छायाङ्कन उत्सब दाहालको छ । अभिनय गर्ने कलाकारलाई सिँगार पटार गरिदिने काम अनिता ग्वाच्चाको छ ।