प्रिन्सी र प्रिस्मलाई खोसाखोस गर्दै, बले र मन्जिल

Mero Film

सागर लम्साल ’बले’, मन्जिल बस्नेत, प्रिन्सि खतिवडा र प्रिस्म खतिवडा फिचर्ड ‘हुन्छ खोसा खोस’ सार्वजनिक भएको छ । यी दुई जोडीले पछिल्लो समय प्रेम सम्बन्धका कारण पनि निकै चर्चामा छ ।

सार्वजनिक गीतमा गायक नेत्र भण्डारी र गायिका अस्मिता अधिकारीको स्वर,सुनिल बिसीको सहाद ,सन्तोष सुनारको संगीत र रिकेश गुरुङको एरेन्ज सुन्न सकिन्छ ।  गायक भण्डारीले यस अघि बनपालेको लौरी , ओठैमा लाली , मृत्युयोग ,स्याऊ ल्याइदिउ की केरा , नियति लगायतका दर्जनौ गीतहरु बजारमा ल्याईसकेका छन् ।

रोमान्टिक शैलीमा तयार भएको गीतको म्युजिक भिडियोलाई राजिव समरले निर्दशन तथा कोरियोग्राफी गरेका छन् । भिडियोमा राम कुमार केसीको छायाँकन, टेकेन्द्र शाहको सम्पादन तथा कलर र बिमला तामांगको मेकअप समाबेश रहेको छ । गीतलाइ राजन नेपालले निर्माण गरेका हुन् ।


Leave a Reply

Your email address will not be published.