गायक जस्टिनको कलिलै उमेरमा निधन

गायक तथा संगीतकार जस्टिन टाउन्स अर्लेको निधन भएको छ । जस्टिनको ३८ वर्षको कलिलै उमेरमा निधन भएको हो । उनको के कसरी मृत्यु भएको हो भन्ने बारे केहि बताइएको छैन । उनी कन्ट्री रकर स्टिभ अर्लीका छोरा हुन् ।

जस्टिन सन् २००७ मा ‘युमा’ गीतबाट सार्वजनकि भएका थिए । उनले यहि गीतबाट हल अफ फेममा सामेल भएका थिए । त्यस्तै , सन् २०११ म उनले गाएको गीत ‘हार्लेम रिभर ब्लुज’ वर्षको सर्वोकृष्ट गीत घोषित भएको थियो । जुन गीत अहिले पनि दर्शकमाझ उतिकै लोकप्रिय रहेको छ ।