भिडियोमा मख्ख नाजिर


होस्टेल रिटन्र्स भन्ने फिल्म याद गर्दा, अभिनेता नाजिर हुसेनको याद बढी गरिन्छ । सुशिल श्रेष्ठ, स्वस्तिमा खड्का पनि थिए फिल्ममा । नाजिर हुसेन याद बढी भए ।

नाजिर हुसेनलाई फिल्ममा खेलाए निर्माताले । उनले लगालग काम गरेका थिए । अभिनय विविधता झल्काएर गर्छन् उनी । नाजिरले फिल्म गर्दा गर्दै जे पनि गरेका थिए । उनलाई फिल्म छान्न आएन । फिल्मको करिअर चल्न छाड्यो ।

अभिनय राम्रो गर्ने भएपनि नाजिरको भागमा हिट फिल्म नि आएन, गतिलो फिल्म छान्न उनले जानेनन् ।

नाजिर फिल्ममा नचलेपछि म्यूजिक भिडियोतिर लागे । म्यूजिक भिडियोमा उनी व्यस्त भएका छन् । नाजिरले काम गरेका म्यूजिक भिडियो केही चलेका होलान्, केही फ्लप भएका छन् ।

नाजिर हुसेनले फिल्ममा पाएको सफलता पाउँछन् पाउँनन् कुन्नी । उनी भिडियोमा मख्ख छन् । तर, फिल्म जस्तै भिडियो पनि आएको सबै गर्दा समस्या पर्ला कि । यो बिषयमा पनि सोच्नपर्छ नाजिरले ।