भारतमा उपचार प्रभावकारी नभएपछि सञ्जय अमेरिका जाने तयारी

Mero Film

बलिउड अभिनेता सन्जय दत्त फोक्सोको क्यान्सरको उपचारका लागि अमेरिकाको न्युर्योक जाने भएका छन् । केहि गत महिना उनको स्वासप्रश्वासमा समस्या आएपछि भारतकै अस्पतालमा भर्ना भएका थिए ।

उनको साधारण रोथथाम पछि उनी अमेरिका उपचारका लागी जाने तयारी गरिरहेका छन् । उनले अमेरिका जानलाई भिजा अप्लाई गरिसकेका छन् । उनी अमेरिकाको भिषा लाग्ने बितिक्कै अमेरिका उपचारका लागि उड्ने तयारीमा रहेका छन् । उनले तत्काल अमेरिकाको भिषा नपाउने कारण पनि रहेको छ । सञ्जयले १९९३ मा मुम्बईमा ब्लास्टर मा सहभागी भएको कारण अमेरिकारले भिजा दिनमा आनाकानी गरिरहेको स्रोतको भनाई छ ।

सन्जयले बहिनीका साथ अमेरिका जाने तयारी गरेका छन् । उनका साथीले सञ्जयको लागि ५ बर्षको लागि भिषा मागेको बुझिएको छ । सन्जय अमेरिका गएपछि मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा भर्ना हुने छन् । जहाँ उनी आमा नरगिस दत्तको प्याङक्रियाज क्यान्सरको उपचार गरिएको थियो ।


Leave a Reply

Your email address will not be published.