हास्य अभिनेता हार्ड पनि कोरोना संक्रमणको सिकार भएको खुलासा

अमेरिकी हास्य अभिनेता केभिन हार्टले आफु कोरोना संक्रमित भएको बताएका छन् । उनले हालै एक कार्यक्रममा समयमा आफू पनि कोभिड १९ को संक्रमणमा रहेको बताएका छन् ।

उनले आफुलाई कोरोना संक्रमणले छोएर पनि निको भएको बताएका छन् । हार्टले ’यान इन्टिमेट सोसल्ली डिस्ट्यान्स्ड अफेर’सोको दौरान ओहियोमा उक्त कुरा बताएका थिए । ‘अर्का अभिनेता ‘टम हङ्सलाई कोरोना संक्रमण भएको समयमा नै आफुलाई लागेको थियो । तर मैले कोरोना संक्रमण भएको थिए भनेर कसैलाई भन्न चाहिन हार्डले भने । ’

हार्डले आफु टम जतिको चर्चित नभएको कारण कसैलाइै नभनेको पनि बताए । गत मार्च ११ मा हङ्स र उनकी पत्नी रिटा विल्सनले आफूहरुलाई कोरोना संक्रमण भएको जानकारी गराएका थिए । उनले इन्स्टामार्फत अहिले आफु ठिक भएको र अस्ट्रिेलियामा बसिरहेको जानकारी दिएका छन् ।