तीज (२०२०)फोटो कन्टेस्टको बिजेता ब्रोना, कृषा र रेश्मा पहिलो र दोस्रो रनरअप

एल एन्ड सि मोडल एजेन्सीद्वारा तीजको अवसर पारेर आयोजना गरिएको ‘तिज २०२०’ फोटो कन्टेस्टको नतिजा सार्बजनिक गरिएको छ । फेसबुकमा लाईभ कार्यक्रम मार्फत नतिजा सार्बजनिक गरिएको थियो । जसमा कन्टेस्टको मोरङको बिराटचोक निवासी ब्रोना श्रेष्ठ बिजेता भइन् भने पहिलो रनरअप ईटहरीकी कृषा गिरी र दोस्रो रनरअप ईटहरीकै रेश्मा लिम्बू छानिइन् ।

बिजेताले नगद १० हजार, ट्रफी तथा प्रमाण पत्र प्राप्त गरिन भने पहिलो रनरअपले नगद ८ हजार, ट्रफी तथा प्रमाणपत्र र दोस्रो रनरअपले ५ हजार नगद, ट्रफी तथा प्रमाणपत्र हात पारिन् । यसै कार्यक्रममा सब–टाईटल बिजेताहरु पनि घोषणा गरिएको छ । जसमा लिला दाहाल ‘अनु’ले बेस्ट फोटोजेनिक, शोभा भट्टराई ‘मौसम’ले बेस्ट स्माईल, सुबिना गिरिले ब्युटिफुल गर्ल, पुनम चौधरीले ग्ल्यामर, सिर्जना मगरले बेस्ट ड्रेसअपको अवार्ड हासिल गरे । यस कार्यक्रममा १७ जना प्रतियोगीले सहभागी जनाएका थिए ।