सनम र साया अभिनित ‘परदेश मेरा भाग ’ देउडा गीत सार्वजनिक

मोडल सनम कठायत अभिनित देउडा गीत सार्वजनिक भएको छ । मौलिक कला संस्कृतीलाई बोकेको देउडा गीत ‘परदेश मेरा भाग ’ सार्वजनिक भएको हो ।सुगम संगीतका गीतमा एकछत्र अभिनय गरिरहेका सनम कठायत यस्ता मौलिक गीतमा पनि अभिनय गर्न रुचाउँछन् ।

हालैसार्वजनिक भएको यस देउडा गीतलाई लोकमान विरही रावल र निरुता खत्रीले आवाज भरेका छन् । गीतका शब्द तथा लय संकलन गायक स्वयमको रहेको छ । गीतमा परदेश गएका श्रीमान श्रीमतीको भावनात्मक कुरा पोखिएको छ ।

निर्देशक भिम थापाले सनम कठायत र साया भण्डारीलाई कलात्मक तरिकाले म्युजिक भिडियोमा प्रस्तुत गरेको देखिन्छ ।
भिडियोलाई राजेश कुमारको सम्पादन तथा डिबि रेउलेको छायांकन रहेको छ । विशेष फिल्मको प्रस्तुतिमामा बनेको भिडियोलाई यसैको युट्युव च्यानलबाट अपलोड गरिएको छ ।