इन्फिनिक्सले ल्यायो ६ हजार एमएएच ब्याट्रीसहितको मोबाईल बजारमा

कोरोना महामारीकाबीच पनि नेपाली मोबाईल बजारमा नयाँ मोबाईल भित्री रहेको छ । हालै नेपाली बजारमा इन्फिनिक्सले ६ हजार एमएएच ब्याट्रीसहितको ‘हट ९ प्ले’ नेपालमा ल्याएको छ । जसमा ६.८२ ईन्चको डिस्प्ले रहेको छ । यस मोबाइलको मुल्य नेपालभर १४ हजार ४ सय ९० मा उपलब्ध रहेको कम्पनीले बताएको छ ।

हट ९ प्लेमा माइक्रो एसडी कार्ड स्लट, ४ जिबी र्याम र ६४ जिबी स्टोरेज मेमोरी रहेको छ । त्यसैगरी फोटो प्रेमीहरुको लागी यो फोनमा दुबैपट्टि १३(१३ मेगापिक्सेलको क्यामेरा छ । मुख्य क्यामेरामा त्रिपल लिड छ भने फ्रन्ट क्यामेरामा प्म्लास लाईट भएको एआइ लेन्स पनि छ ।  वितरकका अनुसार मोबाईल फोन सस्तो भएपनी गुणस्तरमा भने केहि पनि सम्झौता गरेको छैन ।

मूल्य
हट९प्ले (२प्लस३२) ११ हजार ९ सय ९०
हट९प्ले (४प्लस६४) १४ हजार ९ सय ९०