दीपकराजको स्टाटस नवुझ्ने फिल्मीकर्मी


चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई वधाई दिए । सरकारले फेरि ४ बर्षको कार्यकाल थप्यो भनेर उनले बधाई दिए ।

चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, चलचित्र निर्देशक मिलन चाम्स, लेखक मौनता श्रेष्ठ, संचारकर्मी नरेश भट्टराई सबै थपिए । श्रृङख्ला लामो बनेर गएको थियो ।

फिल्मीकर्मीले कुनै विश्वसनिय समाचार पोर्टलमा यो खबर आएर कुलमानलाई वधाई दिएका नी होइनन् । सबै काखको पछाडि दौडिए, कान छामेनन् । सुरुवात निर्माता दीपकराज गिरीले गरेका हुन् ।

दिपकराजले आज बसेको मन्त्रीपरिषद्को बैठकले कुलमान घिसिङलाई नै विद्युात प्राधिकरणको प्रमुख पदमा निरन्तरता दिने निर्णय गरेको छ । सरकारसँग यस्तै आशयको समाचार प्रेसित गरेर जनताकै पक्षमा उभिनुको विकल्प छैन भनेर लेखेका थिए ।

तर, फिल्मी क्षेत्रमा मानिसहरुले कुलमानलाई नियुक्त नै गरेको हो भनेर वुझेर वधाई दिन भ्याएका हुन् । दिपकराजको स्टाटस स्पष्ट छ, सरकारसँग यस्तो समाचार प्रेसित गर्नुको विकल्प छैन भनिएको छ । तर, चलचित्रकर्मीले यसलाई पनि नवुझेका ।