आई एम ट्वान्टी वान बन्छ होला नी ?


अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङको जोडी आउने भयो पर्दामा भन्दा त दर्शक खुशी थिए । धिरज मगर इन्टु मिन्टु लण्डनमाबाट त रुचाइएमा हुन् । जसिता लिलिबिलीबाटै हिट ।

फेरि दुइजना पूर्व प्रेमी प्रेमिका पनि । रेनशा वान्तवा राइले आफ्नै निर्देशनमा यो जोडी ल्याउने भइन् । खुशी थिए दर्शक । समय वित्दै गयो, बर्ष वित्दै गयो फिल्म बनेन । किन बनेन खै, तर बनेन । जसिता र धिरज दुबैलाई यही फिल्म कुर्दा कुर्दा हैरानी । बाहिरको फिल्म खेल्न लागौ भने रेनशा रिसाउलिन् भन्ने डर ।

धोका दिए भूवन केसीले । जसिता गुरुङलाई लिएर एन्टी हिरो बनाउने भनेर संझौता गरे । तर, फिल्म सर्यो । जसिता रिसाइन् । पारस खेल्न अफर गरे, मानिनन् । लामो छ जसिताको पीडा ।

अब पनि आई एम ट्वान्टी वान बनेन भने त जसिता र धिरजको लागि त दुर्भाग्य नै हुन्छ । रेनशा बन्छ बन्छ भन्छिन् । तर, कहिले बन्छ । कोरोनाकाल सकिएपछि त बन्ला नी हैन ?