तीन हजार मै कोरोनाको पिसिआर टेष्ट !

सिनामंगलस्थित डिकोड जिनोमिक्स एण्ड रिसर्च सेन्टरले कोरोना पिसिआर टेष्ट सुरु गरिसकेको छ । डिकोड ल्याबले सरकारले तोकेको शुल्क भन्दा कममा नै पिसिआर टेष्ट गर्न थालेको हो ।  पत्रकार , सुरक्षाकर्मीका अलवा स्वास्थ्यकर्मीलाई भने बिशेष छुट गरिएको यस संस्थाका निर्देशक सुनिल प्रसाद लेखकले जानकारी दिए । उनले भने, ‘जोखिम मोलेर काम गरिरहेका सुरक्षाकर्मी ,पत्रकार र स्वास्थ्यकर्मीलाई ३ हजार मै पिसिआर टेष्ट गर्न थालेका छौँ । ’

त्यस्तै सर्वसाधारणका लागि पनि कोरोना टेष्ट सरकारी शुल्क भन्दा  कममा गरिने जानकारी गराए । सरकारले तोकेको शुल्क ५५ सय रहेको छ । यहाँ त्यो भन्दा पनि कम शुल्कमा नै सर्वसाधरणले सुविधा पाउने लेखकको भनाई छ । ग्रुपमा आएको खण्डमा  सर्वसाधरणलाई अझ शुल्क कम पर्ने उनको भनाई छ ।यहाँ पिसिआर परीक्षण सेवा प्रदायकमा यो ल्याब नेपालकै पहिलो हो । डिकोड ल्याबले बिगत ७ बर्ष देखि विभिन्न रोगको पिसिआर परीक्षण सेवा प्रदान गर्दै आएको छ ।

लेखकले भने, ‘पिसिआर परीक्षणमा दसौंँ वर्षको अनुभव हामीले बटुलिसकेका छौँ । त्यस कारण पनि हाम्रो टिमले परीक्षण गरी गुणस्तरीय नतिजा प्रदान गर्ने प्रतिबद्धता हाम्रो संस्थाको छ ।’ त्यस्तै स्वाब संकलन सम्पर्कको लागि डिकोड जिनोमिक्स एण्ड रिसर्च सेन्टरको फेसबुक पेजबाट प्राप्त गर्न सकिने छ । साथै तल दिएको सम्पर्क गर्न सकिने छ ।

9851208580
014116637

In this hour of uncertainty, it's better to get tested for COVID-19 if you are showing any symptoms that looks familiar…

Gepostet von Decode Genomics and Research Center am Dienstag, 25. August 2020