कृष्ण र अस्मिताको आवाजमा ‘मेरो नशा नशामा तिमी’

गायक कृष्ण काफ्ले र अस्मिता अधिकारीको आवाजमा ‘मेरो नशा नशामा तिमी ’बोल गीत सार्वजनिक भएको छ । गीतमा अम्बिका गुरुङको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ । गीतको भिडियोमा ओबी रायमाझी र अञ्जना कँडेलको अभिनय रहेको छ ।

क्रान्ति केसीको निर्देशन र निराजन केसीको सहायक निर्देशन रहेको छ भने भिडियोलाई अजय रेग्मीले खिचेका हुन । गीतलाई पछिल्ला समय निकै रुचाइएको छ ।