बक्स अफिसको नाराबाट अघि बढे दयाराम


चलचित्रको विकास बोर्डको अर्को नाम राखे आलोचना गर्नेले, चलचित्र विनास बोर्ड । विकास बोर्डमा आउने अध्यक्ष राजनीतिक कार्यकर्ता भएर भर्ती भएर आउथ्य, २ बर्ष बिताएर जाने, काम केही नगर्ने ।

आउने अध्यक्षको नारा हुन्थ्यो, बक्स अफिस लागू । बक्स अफिस लागु भयो तर काम छैन । बक्स अफिस लागू भएको फिल्म बनाउनेले महशुश नै गरेनन् । चुरोटको खोलमा आउथ्यो हिसाब, अहिले पनि त्यही हो ।

बोर्डमा आउने बेला अध्यक्षले बक्स अफिस नारा बनाए । २ बर्ष यसमा झुन्डिए, कार्यकाल सके, हिडे । यो पटक भने विकास बोर्डका अध्यक्ष दयाराम दाहाल बक्स अफिस भन्दा एक कदम अघी सरेका हुन् कि भन्ने लागेको छ फिल्मीकर्मीलाई ।

नेपालमा फिल्म हेर्ने संकृती छैन । दर्शकले कलाकार चिन्दैनन् । नेपाली फिल्मको बारेमा चासो त छदै छैन । दर्शकलाई विद्यालयबाट नै यो बारेमा सिकाए हुन्थ्यो नी, अनी बल्ल फिल्म हेर्ने कल्चर बस्थ्यो नी ।

दयाराम दाहालले यो सुरुवात गर्न आटेका छन् । पाठ्यक्रम विकास केन्द्रसँग कुरा अघी बढाएर दयारामले काम सुुरु गर्दैछन् । उनले शैक्षिक सत्र २०७८ बाट माध्यमिक तहमा फिल्मको पाठ्यक्रम थपिने बताउन थालेका छन् ।

विद्यालयबाट विद्यार्थीले नेपाली फिल्मको विकास, विगत, वर्तमान वुझे, कलाकार वुझे भने उनीहरुमा फिल्मबारे चासो बढ्छ । यो फिल्म हेर्ने कल्चरको सुरुवात पनि हुन्छ ।

दयारामले सरकारी, प्राइभेट विद्यालयमा फिल्म पढाउने पाठ्यक्रमको कुरा अगाडी बढाएका छन् ।

यो लागू भएर पढाई सुरु अर्को बर्षबाट भएमा दयारामको हाइहाई हुन्छ । बक्स अफिसमा नाराबाट अगाडि बढेको दयारामलाई शुभकामना दिन कञ्जुस्याँई नगरौ ।