हाँसोको कुरा गर्दै वर्षा


वर्षा राउत । हाँसोमा रमाउन थालेकी हिरोइन । वर्षा राउतको लकडाउनको समयमा हाँसो हराएको थियो । नसोचेको विवादमा परेकी हुन् उनी । बोल्न नजान्दा आलोचनाको शिकार । गालीगलौज कती धेरै । फेसबुक र ट्विटर उनलाई गाली गरेर भरिएको हो ।

वर्षा राउतले नाई नभन्नु ल ४ देखि जात्रै जात्रा खेल्दासम्म नभोगेको यो गाली । लकडाउनमा भोगिन्, बोल्न नजानेर । वर्षा राउत अहिले हाँसोलाई टाढा जान नदिनुहोस् भनेर सुझाव दिन्छिन् । हाँसो हराउँदा मानिसको सबै कुरा हराउँछ ।
मुस्कान त हो खुशी हुने साँचो । वर्षालाई लागेको कुरा हो यो । वर्षा के घर के डेरा भन्ने फिल्म खेल्ने तयारीमा छिन् । २ नम्बरी छायांकन हुँदा हुँदै सर्यो कता कता ।

के घर के डेरापछि नाई नभन्नु ल ६ मा पक्का भइन् भने हाँसो झनै फर्किनेछ ।