‘चिसो मान्छे’ मा स्वस्तिमाको इन्ट्री

आगामी वर्ष भदौ ११ गते फिल्मको प्रदर्शन मिति तोकिसकेका निर्देशन दीपेन्द्र के खनालले फिल्म ‘चिसो मान्छे’ को कलाकार छनोट धमाधम गरिरहेका छन् । उनले यस फिल्मको अभिनेत्रीका रुपमा स्वस्तिमा खड्कालाई अनुबन्धित गरेका छन् ।

फिल्ममा खनालको लेखन तथा निर्देशन रहने फिल्ममा शर्मिला पाण्डेले निर्माण गर्दैछिन् । फिल्म ‘चिसो मान्छे’ मा सुदूरपश्चिम भेगको परिवेश र लबज प्रयोग गरिने छ । फिल्मको आगामी वर्ष भदौ ११ गतेलाई रिलिज मिति तोकिएको छ ।