‘कुली नम्बर १’लाई अमेजनले किन्यो ६५ करोडमा

बलिउड अभिनेता वरुण धवन अभिनित फिल्म ‘कुली नम्बर १’ ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको छ । जसका लागि अमेजन प्राइमले ६५ करोडमा खरिद गरेको छ ।  आगामी सेप्टेम्बरको पहिलो हप्ता फिल्मको रिलिज गर्ने भनिएता पनि रिजिज मिती तोक्न भने सकेको छैन ।

किनभने अहिले ‘मिर्जापुर २’ को प्रमोशन चलिरहेका छ । त्यस कारण अमेजनले ‘कुली नम्बर १’ को रिलिज डेट घोषणा गर्न नसकेको हो । अहिलेसम्मकै महँगोमा ‘कुल्ली नम्बर १’ ओटीटी राइट्सले किनेको हो ।

यस भन्दा अगाडी अमेजनले ५० करोडमा ‘शकुन्तला देवी’ किनेको थियो भने त्यो भन्दा बढिमा कुनै फिल्म किनेको थिए । उनले वरुणको फिल्मलाई ६५ करोडमा खरिद गर्ने आँट गरेको हो ।

वाशु भगनानीको लगानी रहेको ‘कुली नम्बर १’ हलमा चलाउने भनिएता पनि कोरोनाका कारण डिजिटल प्लेटफर्ममा रिलिज हुन लागेको हो । फिल्मलाई डेविड धवनले निर्देशनका हुन् भने वरुण र जोडी सारा अली खानको जोडीलाई फिल्ममा देख्न सकिन्छ ।